प्रहरीले गर्यो दुर्गा प्रसाईंलाई सोधपुछ
काठमाडाैं | कात्तिक १९, २०८०
नेपाल प्रहरीको साइबर ब्यूरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ।
प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको बताए।
‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

